रास्वपाका सबै सांसद केन्द्रीय सदस्यमा मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १४ सांसदहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बुधबार केन्द्रीय सदस्यको जिम्मेवारी नपाएका सांसदहरूलाई मनोनयन गरेको हो ।

यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए । केन्द्रीय समिति बैठक विस्तार गरेपछि ५२ जनाको समिति बनेको छ ।

बैठकले सांसदहरू विराजभक्त श्रेष्ठ, सन्तोष परियार, डा स्वर्णिम वाग्ले, निशा डाँगी, मनिष झा, शिशिर खनाल, हरि ढकाल, डा. तोसिमा कार्की, डा. चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, विनीता कठायत र शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

यसअघि रास्वपामा ३९ जना केन्द्रीय सदस्य थिए । मोहनबहादुर थापाले दिएको राजीनामा स्वीकृत भएसँगै यो संख्या ३८ मा झरेको थियो । अब रास्वपाको केन्द्रीय समिति ५१ सदस्यीय भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।