धितोपत्र बोर्डले ८८ कम्पनीलाई गर्‍यो कारबाही, ५० हजारदेखि १ लाखसम्म जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं। नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका ८८ सूचीकृत कम्पनीहरूलाई काराबाही गरेको छ । बोर्डले ती कम्पनीहरूलाई ५० हजार रूपैयाँदेखि १ लाख रूपैयाँसम्म नगद जरिवाना गर्दै कारबाही गेको हो । 

बोर्डका अध्यक्ष रमेश कुमार हमालले समयमै वित्तीय विवरण नबुझाएका ६९ कम्पनीहरूबाट ५० हजार रूपैयाँ र सो अवधिसम्म वित्तीय विवरण नबुझाएका १९ कम्पनीहरूलाई १ लाख रूपैयाँका दरले जरिवाना गर्दै कारबाही गरेको जानकारी दिएका हुन । 

बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले ती कम्पनीहरूलाई नगद जरिवाना सहित काराबाही गर्ने निर्णय गरेको थियो । बोर्डका अध्यक्ष रमेश कुमार हमालले बोर्डको इतिहासमै पहिलो पटक यतिधेरै संख्यामा सूचीकृत कम्पनीहरू कारबाहीमा परेको जानकारी दिएका हुन । 

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम काराबाही तथा जरिवाना गरेको हो । धितोपत्र सम्बन्धी ऐनको दफा १०१ को उपदफा ४ मा कसैले जानीजानी वा बदनियत साथ ऐन वा ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात समयमा पेश नगरेमा, बोर्डले ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ । 

यी व्यवस्थाहरू बमोजिम प्रकृया पुरा नगर्ने कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी बोर्डले गत साउनमै दिएको थियो । बोर्डको चेतावनीलाई समेत वेवास्था गर्दै समयमा वित्तीय विवरण नबुझाएका कम्पनीहरू बोर्डको कारबाहीमा परेका हुन । सूचीकृत कम्पनीहरूलाई समयमै वित्तीय विवरण बोर्डमा पेश गर्नका लागि साउन ११ गतेनै बोर्डले सूचना जारी गरेको थियो । बोर्डले सो समयमानै समयमै वित्तीय विवरण पेश नगरे प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको थियो । 

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।