हिमालय रोडिज सिजन ५ को उपाधि सञ्जिप राईलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालय रोडिज सिजन– ५ को उपाधि खोटाङका सञ्जिप राईले हात पारेका छन्। 

सोमबार बेलुकी सम्पन्न ग्राण्ड फिनालेमा राईले उपाधिसँगै १० लाख रुपैयाँ र यामाहा मोटरसाइकल प्राप्त गरे। हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल र कार्यकारी निर्देशक श्याम कँडेलसहित कार्यक्रमका प्रायोजकले विजेतालाई पुरस्कार प्रदान गरे।

‘पावर अफ फाइभ’को थिममा तयार भएको पाँचौ सिजनलाई चर्चित टेलिभिजन पर्सनालिटी सुरजसिंह ठकुरीले ‘होस्ट’ गरेका थिए। र्‍यापर लाउरे, अभिनेता अनुपविक्रम शाही तथा अभिनेत्रीद्धय दीया मास्के र प्रियंका कार्की ग्याङ लिडरको रूपमा थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।