पुस ६ देखि मोरङ व्यापार संघ एक्स्पो आयोजना गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विराटनगरमा हरेक वर्ष लाग्दै आएको ट्रेड एक्स्पो यस वर्ष ’मोरङ व्यापार संघ एक्स्पो– २०२३’ का नाममा पुस ६ गतेदेखि सुरू हुने भएको छ।

मोरङ व्यापार संघले आयोजना गर्ने एक्स्पोमा अन्तर्राष्ट्रिय कृषि, पर्यटन, तथा औद्योगिक प्रदर्शनी हुने संघ अध्यक्ष नवीन रिजालले जानकारी दिए।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर संघले पुस ६ देखि १६ गतेसम्म एक्स्पो सञ्चालन हुनेछ। एक्स्पोका संयोजक अनिलकुमार साहका अनुसार एक्स्पोले नयाँ र विद्यमान उत्पादन र सेवाहरू प्रदर्शन गर्न, स्वदेशी र विदेशी उत्पादनहरू प्रवर्द्धन गर्न, बिक्री गर्न र व्यापार र लगानीको सम्भावनाहरूबारे छलफल गर्नेछ।

एक्स्पोमा २५० वटा स्टल रहने र १५ करोड बराबरको कारोबार हुने अनुमान आयोजकको छ। एक्स्पोको चार लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

संघका अनुसार एक्स्पो सञ्चालनका लागि संघ, प्रदेश तथा स्थानीय सरकारहरूको र निजी क्षेत्रका अरू संघसंस्थाको पनि सहयोग रहने आयोजक समितिले जनाएको छ।

संघले यस प्रदेशका स्वदेशी उत्पादनहरु सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरुलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा झल्काउँदै गतिशील एवं प्रभावशाली बनाउने उद्देश्यले एक्स्पो आयोजना गर्दै आएको छ ।

साथै, मेलामा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु, सेल्फी जोन, किड्स जोन आदि राख्नुका साथै मुख्य आकर्षणको रुपमा नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार निर्माण गरिने मोरंग व्यापार संघ तथा संयोजक, मोरंग व्यापार संघ एक्स्पो २०२३ उपाध्यक्ष, अनिल कुमार साहले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।