सामाजिक सुरक्षा कोषमा संकलित रकम उत्पादनमा लगानी गर्नुपर्छ: अध्यक्ष ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई उत्पादनमा लगानी गर्नुपर्ने बताए ।

सामाजिक सुरक्षा कोषको छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सामाजिक सुरक्षा कोषमा ४५ अर्ब फण्ड संकलन भएकोले यसलाई उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए ।

‘सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दैछ, हाल यस्तो कोषमा ४५ अर्ब फण्ड संकलन भएको छ । अब उक्त फण्डलाई बैंकमा राखेर ब्याज खानुभन्दा उत्पादनमा लगानी गर्नुपर्छ’–ढकालले भने । लगानीका लागि सरकारलाई कार्यविधि बनाउन अध्यक्ष ढकालले आग्रह समेत गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।