आज गुरुनानक जयन्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । आज मंसिर ११ गते सोमबार कार्तिक शुक्ल पूर्णिमा तदअनुसार नोभेम्बर २७ तारिख २०२३। आज गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो। आजको दिनलाई गुरु पर्व वा गुरु पूर्णिमा भनेर मनाइन्छ। हिन्दुहरुलेसमेत गुरु पूर्णिमाको रुपमा आजको दिनलाई विशेष रुपले मनाउने गर्दछन्।

संसारभरका शिख धर्मावलम्वीले श्रद्धाका साथ गुरु नायक अर्थात् शिख गुरुको सम्झना गर्ने गर्दछन्। विशेष गरेर आज गुरु नानक जयन्ती अर्थात् शिख धर्मका प्रमुख गुरु नायकको जन्म भएको दिन हो।

गुरु नानकको जन्म विक्रम सम्वत् १५ सय २६ मा पाकिस्तानमा भएको थियो । गुरु नानक धर्मरक्षक र समाज सुधारक थिए ।  धर्ममा भेदभाव नराख्नु उनको विशेषता थियो । उनले समानता, बन्धुत्व, सद्गुणमा आधारित भावनात्मक र सामाजिक आधार सिर्जना गरेका थिए ।

आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ । यस दिन पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिबको अध्ययन गरेर गुरुपर्वको विधि विधान अनुरुप समापन गरिन्छ ।

कार्तिक शुक्ल पूर्णिमा वा आजको दिनलाई गुरु निम्बार्काचार्यको जन्म दिनसमेत मानिन्छ।

एक दिन अनेक कर्म भनेजस्तै कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन हुन्छ। अहिलेसम्म रोकिएका शुभकार्य आजको दिनबाट गर्न थालिन्छन्।

यही पद्धति र परम्परा अनुसार मङ्सिर लागेसँगै हाम्रो समाजमा विवाह तथा व्रतबन्ध जस्ता शुभकार्य सुरु हुन्छन्। दसैँको समापनसँगै सुरु भएको कार्तिक स्नानसमेत आजबाट समापन भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।