लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फको उपाधि नोर्बु छिरिङलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नोर्बु छिरिङ शेर्पा आठौं संस्करणको लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको विजेता बनेका छन् ।

शनिबार काठमाडौंको गोकर्ण गल्फ क्लबमा सम्पन्न दुई (ह्यान्डिक्याप (स्टेबलफोर्ड ३ र ४)विधामा सञ्चालित प्रतियोगितामा ४१ अंक जोड्दै उनले उपाधि जितेका हुन् ।

उनले १२औं र १७ औं होलमा बोगी खेले पनि पहिलो, तेस्रो, चौथो, १३औं र १८औं होलमा बर्डी हानेका थिए । ४० अंक जोडेका आशिष श्रेष्ठ उपविजेता बने। उनले ११ हेन्डिक्यापमा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा सात महिला गल्फरसहित ९६ गल्फ खेलाडीको सहभागिता रहेको थियो।

प्रतियोगिताका विजेतालाई लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनलगायतले पुरस्कार वितरण गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।