जुवाको खालबाट च्याँखे नथाप्न राजावादीलाई गगनको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजावादीहरूलाई जुवाको खालबाट च्याँखे नथाप्न चेतावनी दिएका छन्। शनिबार नेपाली काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले राजावादीहरूलाई जुवाको खालबाट नभएर सीधै आउन चेतावनी दिएका हुन्।

आँट भए निर्वाचनको माध्यमबाट बहुमत ल्याएर आउन र काँग्रेस एक्लै भिड्न तयार रहेको उनले राजावादीहरूलाई चेतावनी समेत दिए।

वर्तमान व्यवस्था उल्टाउने कसैले सपना देखेको भए त्यो सम्भावना नरहेको थापाले बताएका छन्। नेपाली काँग्रेसले शान्ति र संविधानको अगुवाइ गरेको भन्दै काँग्रेसलाई पछाडि हट्ने छुट नभएको बताए। साथै उम्मेदवार छान्दा केन्द्रबाट नभई स्थानीय स्तरबाट टुंगो लगाउने गरी व्यवस्था राख्ने थापाको भनाइ छ। 

विदेशमा ६ महिनामा निर्माण हुने विकासका कामले यहाँ ६ वर्षसम्म पनि गति लिन नसकेको बताए। नेपाली काँग्रेस गुल्मीको २ दिनसम्म चल्ने सम्मेलन आइतवार सकिनेछ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।