हाम्राे अभियानले देशको विकास गर्छ : दुर्गा प्रसाईं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरुको अभियानले देशको विकास गर्ने दाबी गरेका छन्।

शनिबार काठमाडौँको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले अहिलेका दलहरूबाट देशको विकास नहुने भन्दै जनतालाई अघि सारेर देशको विकास गर्ने दाबी गरेका हुन् । 

 सबै नेपालीहरु राष्ट्रवादी बन्न आवश्यक रहेकाले अबको समय विकास र समृद्धिको भएको उनको भनाइ छ।

प्रसाईंले विभिन्न कारणले जनताहरुले देहत्याग गर्नुपरे पनि राज्यले केही गर्न नसकेको बताए। सयौँ वर्ष आन्दोलनमा खर्चँदा देशमा विकास हुन नसकेको उनको तर्क छ। भ्रष्टाचार, तस्करविरुद्ध लड्न उनले आह्वान समेत गरे।

प्रसाईंले शान्तिपूर्ण रुपमा आफूहरुकोे अभियान चल्ने र कसैले रोक्न नसक्ने बताए। आफूहरुलाई काठमाडौंमा निषेध गर्नेहरुलाई अब आफ्नो अभियानले निषेध गर्ने चेतावनी उनले दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।