आफ्नै घरमा ‘नजरबन्द’मा परे दुर्गा प्रसाईं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईं आफ्नै घरमा ‘नजरबन्द’मा परेका छन्। 

आज शुक्रबार पनि प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएपछि उनलाई घरबाटसमेत निस्कन नदिई आफ्नै घरमा नजरबन्द गराउने उदेश्यसहित प्रहरीले घेरा हालेको उच्च स्रोतले जानकारी दियो।

आज काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका प्रसाईंलाई प्रहरी परिचालन गरी घरबाट निस्कन नदिइएको हो। 

सामाजिक सद्‌भाव तथा हिंसा भड्किने गतिविधि गरेको आरोप लगाउँदै उनलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको हो।

स्थानीय प्रशासनले रोक लगाउँदा लगाउँदै पनि प्रसाईं तीनकुनेमा कार्यक्रम गर्न जान लागेपछि प्रहरीले उनलाई घरबाट निस्कन नदिएको हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।