उच्च अदालतका ६ जना मुख्य न्यायाधीशलाई शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मुख्य न्यायाधीशमा नियुक्त गरी आज पदको शपथ गराएका हुन्। न्यायपरिषदको यही मंसिर ५ को बैठकले ६ जना मुख्य न्यायाधीशहरू नियुक्तिका लागि सिफारिस गरेको थियो।

उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा मुख्य न्यायाधीशमा सिफारिस भएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।