दुर्गा प्रसाईंको कार्यक्रममा उपत्यकाका यी रुटबाट बल्खु जानेछन् सहभागीहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाईमा बिहीबार बल्खुमा हुन लागेको प्रदर्शनमा उपत्यकाको विभिन्न सात स्थानबाट जुलुस निस्कने भएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा निस्कने जुलुस उपत्यकाका तीनै जिल्लाबाट बल्खुमा केन्द्रित हुने आयोजकले जनाएको छ।

जुलुसमा धार्मिक र राष्ट्रिय झण्डाबाहेक अन्य झण्डा बोक्न नपाइने अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जानकारी गराएका छन्। जुलुसको अग्र स्थानमा धर्मगुरु, ओमकार परिवार र नाथलगायत हुनेछन्।

आयोजकका अनुसार बिहान १० बजेपछि भक्तपुर, गंगबु, बूढानीलकण्ठ, कलंकी, सातदोबाटो, चाबहिललगायतका स्थानबाट निस्कने जुलुस बल्खु पुगेर सभामा परिणत हुनेछ।

यस्ता छन् अन्य रुटहरुः

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।