बन्धक छुटाउने सर्तमा युद्ध रोक्न इजरायल सहमत, पहिलो चरणमा ५० जना रिहा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हमासका कब्जामा रहेका बन्धकलाई रिहा गर्ने सर्तमा इजरायल छोटो अवधिका लागि युद्ध रोक्न सहमत भएको छ।  यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायल बन्धकलाई घर फर्काउन ४ दिनका लागि युद्धविराम गर्न तयार भएको हो। इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्ने सम्झौता भएको छ। 

बन्धक बनाइएकाहरुलाई रिहा गरिसकेपछि भने हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने इजरायलले जनाएको छ ।

 सम्झौताका लागि इजरायल र हमासबीच कतारले मध्यस्थता गरिरहेको छ। कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ बन्धक छाडिसकेको छ। 

हमासले २४० जनालाई बन्धक बनाएको इजरायली सरकारको दाबी छ। जसमा नेपाली विद्यार्थी विपिन जोशीसमेत पर्छन्।   तर उनको अवस्था थाहा हुन सकेको छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।