टिकटक चलाउन ‘भिपिएन’ र ‘डिएनएस’काे प्रयाेग जोखिमपूर्ण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ।

यस्ता माध्यमबाट प्रतिबन्धित सामाजिक सन्जाल टिकटकको प्रयोग भइरहेको भन्दै ब्यूरोले व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुनसक्ने जनाएको छ।

‘भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरुको समेत पहुँच पुर्याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’ ब्यूरोले मंगलबार जारी गरेको सूचनामा भनिएको छ।

टिकटकको माध्यमबाट विद्युतीय स्वरुपमा गैरकानुनी कुरा सम्प्रेषण गरी व्यक्तिको चरित्र हत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकतामा प्रतिकुल असर गर्ने जस्ता गतिविधि भइरहेको भन्दै ब्यूरोले यस्ता गतिविधि नगर्न समेत सचेत गराएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।