बल्ल आउने भए १५ मुर्रा राँगा‚ ल्याउन ४ जना भारतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बहुचर्चित भारतीय मुर्रा राँगा लामो प्रतीक्षापछि नेपाल आइपुग्ने भएका छन्। भारतले उपहारमा दिएको १५ वटा मुर्रा राँगा यही साता नेपाल आइपुग्ने पशु सेवा विभागले जनाएको छ।

भारतले ती राँगाहरु पठाइसकेको भए पनि नेपाल ल्याइपुर्‍याउन केही दिन लाग्ने विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले थाहाखबरलाई बताए। उनका अनुसार भोलि वा पर्सिसम्म ती राँगा नेपाल आइपुग्ने सम्भावना छ।

नश्ल सुधारका लागि नेपाल ल्याउने भनिएका मुर्रा जातका राँगाको अध्ययन नेपाली प्राविधिक टोलीले भारत गएर गरिसकेपछि ल्याउन लागिएको हो। विभागकी पूर्वमहानिर्देशक सम्झनाकुमारी काफ्लेसहित ४ जनाको टोली राँगा लिन भारत गएको छ।

भारतले दिन लागेको यी राँगा राष्ट्रिय पशु प्रजनन कार्यालय बाँके, लहान र पोखरामा राखिने विभागका अधिकारी ढकालले बताए। सरकारले ७ वर्षअघि नै उन्नत जातका राँगा दिन भारतसँग आग्रह गर्दै आएको थियो।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला राँगा दिने सहमति भएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।