काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन २३.८२ अंकले घटेर १८२९.६५ विन्दुमा झरेको हो ।
यसदिन २८५ कम्पनीको ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँ बराबरको ३६ लाख ७५ हजार १०१ कित्ता शेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ को परिसूचक बढेको छ भने १२ को घटेको छ । आज हिमालयन डिस्टिलरीको शेयर सर्वाधिक किनबेच भएको छ । यसको ७ करोड ७८ लाखको कारोबार भएको छ ।
Comment