एउटै प्रकृतिको कर्जामा ब्याजदर २ प्रतिशतभन्दा फरक पार्न नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले एउटै प्रकृतिको कर्जा  लगानी गर्दा ब्याजदर २ प्रतिशतभन्दा बढी फरक पार्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा ऋणीहरू बीचको ब्याजदर अन्तर २ प्रतिशत भन्दा बढीले फरक पार्न नपाइने जानकारी गराएको हो ।

‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा समेत ग्राहकहरूका बीच ब्याजदरमा अत्यधिक असमानता देखिएकोले यस्ता कर्जा प्रदान गर्दा ग्राहकको जोखिम विश्लेषण गरी २ प्रशितभन्दा बढीले फरक नपर्नेगरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

अहिले ग्राहकहरूका बीच एउटै प्रकृतिको कर्जामा पनि ब्याजदरमा ठूलो अन्तर देखिएको छ । पहुँचवालाले बेसरेटमा १/१.५ प्रतिशत प्रिमियम जोडेर ऋण पाइरहेका छन् भने पहुँच नभएकाले ५ प्रतिशतसम्म प्रिमियम तिर्नु परिरहेको छ ।

कर्जाको ब्याजदरमा रहेको असमानतालाई मध्येनजर गर्दै ग्राहकको जोखिम विश्लेषण गरी २ प्रशितभन्दा बढीले फरक नपर्नेगरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने शर्तहरू बुझेर मात्र कर्जा लिनुपर्ने बैंकले सर्वसाधारणलाई सचेत गराएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।