भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ बाँडफाँड, साढे ९ लाख आवेदकको हात खाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख ७ हजार ५२८ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये भाग्यमानी ५ जनाले थप १/१ कित्ता सेयर पाएका छन् । ९ लाख ४९ हजार ३९९ जनाकाे हात खाली भएकाे छ।

कम्पनीले गत कात्तिक १६ देखि कात्तिक२० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेको थियो।

स्थानीयलाई सेयर निष्कासन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९१० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन भएको थियो। 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।