त्रिभुवन विमानस्थलबाट कोकिनसहित एक महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित आज एकजना भारतीय महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो सांगी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए ।

उनले भने, ‘पक्राउ परेकी निज महिला इथियोपियाबाट गएराति कतारको दोहा हुँदै आज काठमाडौं विमानस्थलमा ओर्लिएकी र काठमाडौंबाट भूटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीलाई प्राप्त सूचनाअनुसार पक्राउ गरिएको हो ।’

पक्राउ परेकी निज महिलाका साथबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले एक किलो ९७३ ग्राम कोकिन बरामद गरेको विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।