विश्वकप छनोट : नेपाल र यमन भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप छनोट खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ। खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका ७ बजे सुरु हुनेछ ।

अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई आज खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औँस्थानमा रहेको छ भने नेपाल १७३औँ स्थानमा छ ।

विश्वकप एसिया छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन छन् ।

नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । यस्तै, बहराइनसँग २–० गोलले पराजित भएको यमन पनि अंकविहीन छ।

यो प्रतियोगिता विश्वकप छनोट २०२६ का साथै एएफसी एसियन कप २०२७ का लागि दोस्रो चरणको छनोट पनि हो।

आजको खेलका लागि एन्फाले साधारण प्यारापिटतर्फको ४ सय र भीआईपी प्यारापिटतर्फको १ हजार रुपैयाँ टिकट दर कायम गरिएको जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।