उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज (सोमबार) उदाउँदो सूर्यलाई अर्घ्य दिई लोकआस्थाको पर्व छठको समापन गरिँदै छ।

पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन्। यसअघि आइतबार अपराह्न व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए।

छठका व्रतालुले कार्तिक शुक्ल  षष्ठीको अपराह्न अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। तर तिथिको घटबढका कारण सोमबार अष्टमी तिथि परेको छ। आइतबार बिहान षष्ठी तिथि परेको थियो भने बिहान ७:५२ मै सप्तमी तिथि लागेको थियो। सप्तमी तिथि सोमबार बिहान ५:३९ बजेसम्म थियो।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ। छठमा विशेषगरी सूर्य र छठी माताको पूजाआराधना गर्ने परम्परा छ। विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाका रोग नाश हुने विश्वास गरिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।