काठमाडौं । भारतलाई ६ विकेटले हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।
भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका लागि सुरुमै धरमराएको इनिङ सम्हाल्दै ट्राभिस हेडले १३७ रन, मार्नस लबुसेनले ५८ रन बनाए ।
यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।
Comment