शैक्षिक भ्रमणको बस इलाममा दुर्घटना, एकको मृत्यु ३५ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  इलामको लसुनेमा भएको बस दुर्घटनामा एकजना १२ वर्षीय बालकको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-९ धारापानीबाट इलाम शैक्षिक भ्रमण गरी फर्किने क्रममा ना ६ ख ८४२४ नम्बरको बस सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको हो।  

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका ९ का १२ बर्षिया अर्पण लामा रहेका छन् । बसमा सवार ३७ जनामध्ये ३५ जना घाइते भएका छन्। 

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोली तत्काल घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरी उपचारका लागि झापा पठाएको छ।उपचारकै क्रममा अर्पणको मृत्यु भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।