त्रिविको विज्ञान संकायको स्नातकोत्तरमा भर्ना खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तहमा भर्ना प्रवेश परीक्षाको लागि आवेदन खुला गरेको छ ।

विज्ञान तथा प्रविधिको भौतिक शास्त्र, रसायन शास्त्र, वनस्पति शास्त्र, प्राणी शास्त्र, माइक्रोबायोलोजी, मास्टर इन डाटा साइन्स, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि लगायत १९ वटा शैक्षिक कार्यक्रमको लागि आवेदन खुला गरेको छ ।

इच्छुक आवेदकले ७ मंसिरदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् । परीक्षा शाखाको अनुसार आवेदन फारम शुल्क दुई हजार दुई सय तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।