सिप्ला सेक्युरिटिज नेप्सेको कारबाहीमा, तीन कारोबार दिन निलम्बन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिप्ला सेक्युरिटिज (ब्रोकर नं. २०)लाई निलम्बन गरेको छ ।

तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्र्यौट नगरेको भन्दै नेप्सेले सिप्लालाई ३ कार्य दिनका लागि निलम्बन गरेको हो ।

सीडीएस एण्ड क्लियरिङ सिप्ला सेक्युरिटिजलाई कारबाही गर्न भन्दै कात्तिक २३ गते नेप्सेलाई पत्रचार गरेको थियो । साेही सिफारिसकाे आधारमा नेप्सेले सिप्लालाई ३ कार्यदिनका लागि निलम्बन गरेको हो ।

यो निलम्बन तिहार बिदापछि खुल्ने कारोबार दिनमा लागू हुने जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।