रूपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रूपन्देहीको देवदह नगरपालिका वडानम्बर-८ भलुहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

काठमाडौंबाट दाङ जाँदै गरेको  बा.प्र.०३-००१ नम्बरको यात्रुबाहक बस गत राति करिब १२ बजे भलुहीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बसमा सवार ३८ यात्रुहरूमध्ये २० जना घाइते र घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।