धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

​काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले धरानमा विमानस्थल निमार्णका लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल बनाउन अध्ययन समिति तत्काल गठन गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार प्राधिकरणले तीन सदस्यीय कमिटी गठन गरेको हो ।

प्राधिकरणले प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको तीन सदस्यीय कमिटी गठन गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।