राष्ट्रलाई कमजोर पार्ने गतिविधिविरुद्ध लाग्नुपर्ने : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

​काठमाडौ ।  नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई कमजोर पार्ने गतिविधिविरुद्ध सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताएका छन्।

पार्टीको ललितपुर जिल्ला कमिटीले बिहीवार आयोजना गरेको भेलामा उनले नेपाली समाजलाई विभाजित गरेर देशलाई कमजोर पार्ने प्रयास गरिएको बताउँदै त्यसविरुद्ध हरेक चेतनशील नेपाली लाग्नुपर्नेमा जोड दिए।

समाजलाई जात–जातमा विभाजित गर्ने कार्य स्वीकार्य हुन सक्दैन भन्दै महासचिवले भने, “सिङ्गो तराईलाई एउटा प्रदेशमा विभक्त गर्ने कुरा नेपाल राष्ट्रलाई कमजोर बनाउने कुरा हो। त्यो स्वीकार्य हुँदैन।” 

उनले हिमाल, तराई, पहाड कोही छैन पराई भन्ने मान्यतालाई नेपाली राजनीतिमा स्थापित गरिएको बताए। नेपालको राष्ट्रिय हित रक्षा गर्न नेपाली नचुक्ने उनले प्रतिबद्धता जनाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।