सरकार एक्लैले देश विकास गर्न सक्दैन : पूर्वप्रधानमन्त्री चन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सरकार एक्लैले देशको विकास गर्न नसक्ने बताएका छन्। ​बिहीवार प्रतिमान नीमा स्मृति प्रतिष्ठानको २० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले देश विकासका लागि जनताले पनि सरकारलाई सघाउनुपर्ने बताए। उनले अहिले राजनीतिमा मुख्य कुरा भाषण भएको बताउँदै नेपालका प्रधानमन्त्रीहरुको भाषणबाट सबै प्रभावित हुने गरेको उल्लेख गरे। उनले भाषण कला एउटा राजनीतिक हतियार भएको बताए।

‘राजनीतिमा मुख्य कुरा भाषण हो। हाम्रा प्रधानमन्त्रीहरुको भाषणबाट सबै प्रभावित हुन्छन्। यो हतियार नै हो तर त्यो हतियार पनि नभएको बेलामा पनि उहाँहरुले लड्नुभयो र सफलता प्राप्त गर्नुभयो‚’ उनले भने‚ ‘जो पनि हामी सरकारमा हुन्छौँ, हामी भन्छौँ, देश विकास सरकारकै हातबाट हुँदैन। यसमा जनताले पनि सक्रिय भएर सहयोग गर्नुपर्छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।