रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आज बस्दै छ।

आज दिउँसो १ बजे पार्टी मुख्यालय वनस्थलीमा बस्न लागेको बैठकमा जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्र गरी गएको भूकम्पमा पार्टीले गरेको कार्यबारे छलफल हुने बताइएको छ।

त्यस्तै, बैठकमा भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनाका सन्दर्भमा सरकारको कामको समीक्षा गरिने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन्।

त्यस्तै, आजको बैठकले पार्टीको पहिलो महाधिवेशनको प्रक्रिया सुरू गर्नेबारे पनि छलफल गर्ने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।