भूकम्पपछिको अवस्थाबारे सरकारलाई रास्वपाले बुझायो १४ बुँदे सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन्।

भूकम्प प्रभावित क्षेत्र जाजरकोटबाट फर्किएलगत्तै बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्यहाँको वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका हुन्।

‘पार्टीको कार्यक्रमका लागि पाल्पामा थियौँ। भूकम्पको खबर सुन्नेबित्तिकै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर हामी सिधै जाजरकोट गएका थियौँ’, रविले भनेका छन्, ‘यस निवेदनमा मैले देखेको भूकम्प प्रभावित क्षेत्रको अवस्था र तत्काल गरिनुपर्ने कार्यको सूची तपाईंसमक्ष राखेको छु।’

सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्‍याउन र गुणस्तरीय त्रिपाल आवश्यक रहेको सुझाव दिएका छन्। राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको सभापति लामिछानेले बताएका छन्।

राहत सामग्री वितरणमा एकरुपता नभएको, राहत प्रशासनमा थुप्रिएपनि प्रभावितले नपाएको, एकद्वार प्रणालीको व्यवस्थापन खराब रहेको भन्दै यसलाई सुधार्न लमिछानेले सरकारको ध्यानाकर्षण गराएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।