सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ कम्पनीलाई सोध्यो स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सातदिने लिखित स्पष्टीकरण सोधेको छ ।

कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सातदिने स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण पेस गर्न भनिएका कम्पनीमा स्पष्टीकरण सोधिएका कम्पनीमा इजोन निर्माण सेवा, चन्दननाथ नगरपालिका– ३, जुम्ला, रोहित निर्माण सेवा, बेल्वा–८, पर्सा, सभिल डेस्क इन्जिनियरिङ कन्सल्टेल्सी प्रालि, पुल्चोक, ललितपुर छन्।

त्यस्तै, भूमि इन्फ्रास्ट्रक्चर प्रा. लि., विराटनगर, मोरङ, शिवालय विल्डर्स, हेटौंडा–६, मकवानपुर, धिताल बिल्डर्स, नौबस्ता – ०८, बाँके, कुटुम्ब कन्स्ट्रक्सन, ठाकुरबाबा–९, बर्दिया रहेका छन्।

यसैगरी, जेके विल्डर्स, कोहलपुर– ११, बाँके, त्रिवेणी निर्माण सेवा, पुम्दीभुम्दी–४, कास्की आदि रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।