सन् २०२३ मा चीनको जिडिपी ५.४ प्रतिशतले बढ्ने प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले चीनको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२३ मा ५.४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ।

आइएमएफका प्रथम उपप्रबन्ध निर्देशक गीता गोपीनाथले चीनको भ्रमण गरेपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “चिनियाँ अर्थतन्त्र सरकारको सन् २०२३ को विकास लक्ष्य पूरा गर्ने मार्गमा छ, यसले कोभिडपछिको सुदृढ सुधारलाई दर्शाउँछ ।”

चीनका मिसन प्रमुख सोनाली जैन–चन्द्राको नेतृत्वमा आइएमएफको एउटा टोलीले सन् २०२३ आर्टिकल ४ कन्सल्टेसनमा छलफल गर्न अक्टोबर २६ देखि नोभेम्बर ७ सम्म चीनको भ्रमण गरेको थियो । मिसन टोलीले आर्थिक सम्भावना र जोखिम, सुधारको प्रगति र चुनौती तथा नीति प्रतिक्रियाहरूमा विचार आदानप्रदान गर्नका लागि सरकार, जनता तथा निजी क्षेत्रका प्रतिनिधि र शिक्षाविद्हरूसँग रचनात्मक छलफल गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।