म्युचुअल फन्डलाई सेबोनको अंकुश, अब ६ महिनासम्म बेच्न नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्डहरुलाई आरक्षणमा पाएको सेयर ६ महिनासम्म बेच्न नपाउने व्यवस्था गरेको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियमन विभागले एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । सेबोनले म्युचुअल फन्डलाई आइपिओ बाँडफाँट भएको ६ महिनासम्म बिक्रीमा गर्न नपाउने व्यवस्था गरेको छ । कारोबारको पहिलो दिननै बजारमा सप्लाई दिएर बजार घटाउन थालेपछि बोर्डले म्युचुअल फन्डलाई आरक्षणको सेयर बिक्रीमा ६ महिने लकइन लगाएको हो । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ बमोजिम आजै अर्थात् कात्तिक २१ गतेदेखि लागू हुनेगरि सीडीएस एन्ड क्लियरिङ तथा सम्पूर्ण योजना व्यवस्थापकलाई निर्देशन दिएको हो  । बोर्डले निर्देशन मार्फत भनेको छ,–‘सामूहिक लगानी कोषले खरिद गरेको धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्कासन बाँडफाँट भएको मितिले ६ महिना पूरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन ।’ 

सामूहिक लगानी कोष नियमावली २०६७ अनुसार सङ्गठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तीमा ५ प्रतिशत धितोपत्र सामूहिक लगानी कोषका लागि छुटाउनुपर्ने व्यवस्था छ ।

आरक्षणबाट प्राप्त गरेको सेयर सामूहिक लगानी कोषहरूले दोस्रो बजारमा कारोबार भएकै दिनदेखि नै बेच्ने गरेका थिए ।  अब सार्वजनिक निष्कासनको गरी बाँडफाँट भएको ६ महिनामा पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाइने छैन ।

तर, यसरी खरिद गरेको धितोपत्र बाँडफाँट भएको मितिले ६ महिना भित्र नै योजनको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामूहिक लगानी कोषको स्वामित्व रहेको  धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न भने कुनै बाधा नहुने (नपुग्ने) बोर्डले जनाएको छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।