काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका छ । बैंकले करसहित ४.२१०५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कात्तिक २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश बाँड्न लागेका हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
Comment