‘सिुस्नुपानी’को देउसी कार्यक्रम स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिस्नुपानी नेपालले यो वर्ष देउसी कार्यक्रम नगर्ने भएको छ।

हालैको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा जनधनको ठूलो क्षति पुगेको भन्दै उसले देउसी कार्यक्रम नगर्ने भएको हो। ​सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले ​भूकम्पको पीडाका कारण सिस्नुपानी देउसी कार्यक्रम यो वर्ष स्थगित गरेको जानकारी दिए। 

आचार्यले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग स्वरूप  ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

सिस्नुपानीले भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दै पीडितको पुन:स्थापनाका लागि सहयोगको आह्वान पनि गरेको छ।

सिस्नुपानी नेपालले हरेक वर्ष तिहार राजनीतिकर्मी तथा समाजका अन्य अन्य प्रतिष्ठित व्यक्ति भेला गरे व्यंग्यात्मक देउसी खेल्ने गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।