नेपाल तरुण दलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाली काङ्ग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार ११ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १०७ जनाले रक्तदान गरे ।

तरुण दलका केन्द्रीय सदस्य निरन्जन थापाका अनुसार भूकम्पमा परेका घाइतेको उपचारका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

“हालै जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परेर घाइते र  उपचारका क्रममा रगत अभाव नहोस् भन्ने हेतुले हामीले यो कार्यक्रम गरेका हौं,” थापाले भने ।

भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणका लागि नगद संकलनको कार्य पनि भइरहेको तरुण दलले जनाएको छ ।

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।