भाइटीकाको साइत कुन देशमा कतिबेला ? नेपालमा १० बजेर ५१ मिनेटमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले  नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ । नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको उत्तम रहेको छ । भारतमा नोभेम्बर १५ को ११ बजेर ५ मिनेट, न्युयोर्क, अमेरिकामा नोभेम्बर १४ को ११ बजेर ५५ मिनेट, टेक्सास, अमेरिकामा नोभेम्बर १४ को ११ बजेर २५ मिनेटमा उत्तम साइत निकालिएको छ । 

अस्ट्रेलियाको मेलबर्नमा सोही दिनको११  बजेर ३४ मिनेट तथा पोर्चगलमा १४ नोभेम्बरको ११ बजेर ५१ मिनेटमा टिका लगाउनुपर्नेछ । यता पेरिसमा बस्नेहरुले सोही दिनको ११ बजेर ५ मिनेट तथा हङकङबासीले नोभेम्बर १५ को बिहान ११ बजेर ५ मिनेटमा भाइटीका लगाउनुपर्नेछ । 

यसैगरी वासिङट्न डिसीमा नोभेम्बर १४ को ११ बजेर २१ मिनेट तथा क्यालिफोर्नियामा सोही दिन १० बजेर ५५ मिनेटलाई उत्तम साइत निकालिएको छ । यसैगरी टोरन्टो, क्यानडामा नोभेम्बर १४ को ११ बजेर ४५ मिनेट तथा टोकियो जापानमा नोभेम्बर १५ को बिहान ११ बजेर १५ मिनेटका लागि साइत निकालिएको छ ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।