नेपाल पुनर्बीमा कम्पनीले १०औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले १०औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको ठूलो मानवीय तथा आर्थिक क्षति भएकोले निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको कम्पनीले जनाएको छ ।

औपचारिक वार्षिकोत्सव कार्यक्रम स्थगित गरिए पनि भोलि कात्तिक २१ गते प्रभातफेरी, स्मारिका विमोचन र शुभकामना एवं प्रतिबद्धता प्रकाशन कार्यक्रम यथावत रहेकोछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।