राष्ट्रपति पौडेलले स्थगित गरे युरोप भ्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलको यूरोप भ्रमण स्थगित भएको छ। 

जाजरकोट भूकम्पमा ठूलो जनधनको क्षति भएको र यस्तो बेला विदेश जानु उपयुक्त नभएको निश्कर्षसहित राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेको स्रोतले जनाएको छ। 

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले अन्तिम निर्णयका लागि अहिले बैठक बस्न लागेको बताइन्। ‘अन्तिम निर्णयका लागि अहिले बैठक बस्दैछ‚’ उनले थाहाखबरसँग भनिन् ‘संभवत स्थगित नै हो।

राष्ट्रपति कात्तिक २२ गते फ्रान्स जाने निर्णय भएको थियो । त्यसपछि राष्ट्रपति पौडेल उतैबाट जर्मनी र इटालीको पनि भ्रमणमा जाने कार्यक्रम थियो।

मन्त्रिपरिषद बैठकले पनि राष्ट्रपतिको भ्रमण स्वीकृत गरिसकेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।