संघीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको छ : अध्यक्ष यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको आरोप लगाएका छन ।

दिपावली तथा छठ पर्वका अवसरमा बाराको तेलकुवा महादेव मन्दिरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता र समावेशी खारेज भए लोकतन्त्र खतरामा पर्ने बताएका हुन ।

‘संघीयता कार्यान्वयन गर्नका लागि पुलिस, कर्मचारी प्रशासन, आर्थिक स्रोत प्रदेशलाई हस्तान्तरण गरोस्, प्रदेशलाई अधिकार सम्पन्न गर्न कानुन बनाइयोस्’, अध्यक्ष यादवले भने ।

यादवले ५३ प्रतिशत जनसङ्ख्या भएको मधेस प्रदेशलाई संघीय सरकारले जम्मा १२ प्रतिशत मात्रै बजेट विनियोजन गरेको भन्दै यहाँको विकास हुन कति वर्ष लाग्ला भनेर सोच्नुपर्ने गम्भीर विषय उब्जेको जनाए।

‘हामीलाई अधिकार, सुशासन, प्रशासन आफ्नो चाहियो, संघीय सरकारले पठाएका प्रशासन हामीलाई चाहिदैन, संघीयताको अर्थ केन्द्रमा साझेदारी, प्रदेशमा आफ्नो शासन, प्रशासन हो, तबमात्र अधिकार सुरक्षित हुन्छ’, अध्यक्ष यादवले भने ।

उनले जथाभावी चुरे उत्खनन गर्दा त्यसको प्रत्यक्ष असर मधेस प्रदेशमा परेको बताउँदै चुरे क्षेत्रमा दोहन गरेर मधेसलाई मरुभूमि बनाउने कुनै निर्णय भए मधेसका जनतालाई पाच्य नहुने बताए ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव, नेताहरु रामकिशोर यादव, रामबाबु यादव, पारस साह, बच्चा यादव र शारदा शंकर जयसवालले शुभकामना व्यक्त गरेका थिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।