घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

आइतबार १ लाख १५ हजार ९०० रुपैयाँमा किनबेच भएको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आजका लागि सुनको भाउ १ लाख १५ हजार ४०० रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको भाउ पनि १ लाख १४ हजार ८५० रुपैयाँ तोकिएको महासँघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ४१५ रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्य निर्धारण भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।