आईएमई लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावित क्षेत्रका लागि १० लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूकम्प प्रभावित क्षेत्रका लागि सहयोग स्वरुप १० लाख रुपैयाँ सहयोग गरेको छ ।

इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा उक्त रकम उपलब्ध गराइएको हो ।

इन्स्योरेन्स कम्पनीले यहि कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत पुगोस् भन्ने उद्धेश्य राखेको छ ।

पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक सहयोग गर्ने कम्पनीको भनाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले जानकारी दिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।