आईपीओ निष्कासन गर्दै होटल फरेष्ट इन, धितोपत्र बोर्डमा दियो निवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं। होटल फरेष्ट इनले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका ९८ करोड बराबरको ९८ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । सेबानबाट स्वीकृति पाएपछि मात्र कम्पनीले सर्वसाधारणमा ९८ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीको यसअघि कात्तिक ११ गते बसेको विशेष साधारणसभाबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव पारित गरेको थियो ।

कम्पनी काठमाडौंको बुढानीलकण्ठमा पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारीमा छ ।

कम्पनीले आईपीओ निष्कासन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।