सीवाइसी नेपाल लघुवित्तको नाफा ८७.४३ प्रतिशतले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८७.४३ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा १९ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ करोड ३२ लाख रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा १ करोड ५१ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र संचालन मुनाफा घट्नुका साथै खराब कर्जा बढ्न गई प्रोभिजन रकम बढेकाले लघुवित्तको नाफामा भारी गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.७२ प्रतिशत घटेर ५ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा १०६.४३ प्रतिशतले घटेर १३ लाख ७६ हजार ऋणात्मक भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब २२ करोड निक्षेप संकलन गरी ५ अर्ब ६० करोड ऋण लगानी गरेको छ । हाल २६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ एण्ड सरप्लस कोषमा ३२ करोड २९ लाख रुपैयाँ संचित छ ।

नाफामा गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २२.७३ रुपैयाँबाट घटेर २.८६ रुपैयाँमा झरेको छ ।

असोजसम्म लघुवित्तको प्रतिसेयर नेटवर्थ २२१.२३ रुपैयाँ र खराब कर्जा अढाई गुणाले बढेर ६.५४ प्रतिशत पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।