भुकम्प अपडेट : जाजरकोट र रूकुम पश्चिममा गरी ९२ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट हालसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ।

भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिम प्रभावित भएका  छन्। जाजरकोटमा मात्रै ५५ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।  उनका अनुसार भूकम्पमा परी सयौँको संख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् ।

यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले पुष्टि गरेको छ। रुकुमा पनि ठूलो संख्यामा घाइते भएका छन्। भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ। भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ।

भूकम्पमा परी घाइतेहरुको उपचारका लागि जिल्ला अस्पतालमा भीड लागेको छ। अस्पतालको जनशक्ति र क्षमताभन्दा धेरै बीरामी भएपछि  उनीहरुलाई बाहिरै राखेर पनि उपचार सुरु गरिएको छ।

भूकम्पका कारण विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।