काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकाेट गएका छन्।
आज बिहान नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला जाजरकाेट गएका हुन्।
हेलिकप्टरमा औषधीसहित र १६ जना चिकित्सकको टोली पनि प्रधानमन्त्री प्रचण्डसँगै भूकम्पप्र भावित क्षेत्रमा गएका छन्।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्।
शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ। भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ।
भूकम्पमा परी घाइतेहरुको उपचारका लागि जिल्ला अस्पतालमा भीड लागेको छ। अस्पतालको जनशक्ति र क्षमताभन्दा धेरै बीरामी भएपछि उनीहरुलाई बाहिरै राखेर पनि उपचार सुरु गरिएको छ।
Comment