जाजरकोट भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ७३ पुग्यो, १०८ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको संख्या ७३ पुगेको कर्णाली प्रदेशका डीआईजी भीम ढकालले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पमा परी सयौँको संख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् ।

भूकम्पले अहिलेसम्म रुकुम पश्चिममा मात्र ३६ जनाको मृत्यु र ८५  जना घाइते भएको रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले बताएका छन‍्।

शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ। भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ।

भूकम्पमा परी घाइतेहरुको उपचारका लागि जिल्ला अस्पतालमा भीड लागेको छ। अस्पतालको जनशक्ति र क्षमताभन्दा धेरै बीरामी भएपछि   उनीहरुलाई बाहिरै राखेर पनि उपचार सुरु गरिएको छ।

भूकम्पका कारण विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।