तीन सातामै फेरियो कोशीको समीकरण, दबाब थेग्न नसकेपछि माओवादी र नेकपा एसका मन्त्रीको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केन्द्रीय गठबन्धनको दबाब थेग्न नसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एसका कमल जबेगुलाई मन्त्री बनाएका छन् ।

उनीहरुलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् । उनीहरु बिना विभागीय मन्त्री नियुक्त भएका हुन् । 

एमालेका ३९ सांसदले काँध थापेर मुख्यमन्त्री बनेका  केदार कार्कीले सत्तारुढ गठबन्धन लाई सहभागी गराएसँगै कोशी प्रदेशको राजनीतिक समीकरण तीन सातामै फेरिएको छ ।   एमाले सरकारबाट बाहिरिने भएको हो । एमालेले यसको औपचारिक निर्णय भने गरिसकेको छैन ।

मुख्यमन्त्री कार्कीले हिजोमात्र एमालेको गुन नबिर्सिने बताएका थिए । एमालेले आफू र कांग्रेसका सांसदलाई मात्रै मन्त्री नियुक्त गर्नुपर्ने अडान राख्दै आएको थियो । सोहीकारण सरकार गठनको २१ दिनसम्म पनि सरकार बिस्तार हुन सकेको थिएन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।