यूएईविरुद्ध आशिफ शेखको अर्धशतक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा जारी  आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत  सेमिफाइनलमा नेपालका आशिफ शेखले अर्धशतक पुरा गरेका छन्।  ​

यूएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा उनले अर्धशतक पुरा गरेका हुन्।

आशिफले ३९ बलमा पाँच चौका र एक छक्काको मद्धतले ५० रन बनाए।  यसअघि गुलशन झा २२ रन बनाएर आउट भए। यस्तै, कुशल भुर्तेल ११ रन बनाएर आउट भए।

८ विकेट गुमाएर यूएईले १ सय ३४ रन बनाएको थियो।  यूएईविरुद्ध  कुशल मल्लले व्यक्तिगत तीन, सन्दीप लामिछानेले  दुई, कप्तान रोहित पौडल र सोमपाल कामीले एक विकेट लिए। पहिलो सफलता सोमपाल कामीको बल करण केसीले क्याच गरे।

नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो। यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।